बिएल संवाददाता
सशस्त्र प्रहरी बल बाराले गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बाराको पचरौता नगरपालिका–४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले गुलरियास्थित नाकाबाट आउँदै गरेका ती भारतीय नागरिकलाई शंका लागि चेकजाँच गर्दा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेका छन्। पक्राउ परेका चन्दनकुमारको साथबाट दाहिना कम्मरमा होस्टाइलभित्र मोडल नम्बर २०२२ आरएफआई पेस्तोलमा तीन राउण्ड गोली लोड भएको अवस्थामा र चार राउण्ड केएफ ६.५ होस्टाइल राखिएको गरी एक थान पेस्तोल, उक्त पेस्तोलको म्यागेजिन र उक्त पेस्तोलमा लाग्ने सात राउण्ड गोली बरामद गरिएको छ।
साथै उनको साथबाट ११ हजार २७० भारतीय रुपैयाँ र भारतीय आधार कार्ड तीनवटा (आफ्नो, श्रीमती र दाईको नामको)पनि बरामद गरिएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जिम्मा लगाइएकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया