बिएल संवाददाता
लमजुङको मर्स्याङदी गाउँपालिकाले आउँदो चार वर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सामाजिक विकास कार्यालय लमजुङले गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको हो।
उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले २०८३ पुुस सम्म मर्स्याङदी गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा स्थापित गर्ने हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका हुन्।
उक्त कार्यका लागि गाउँपालिकाले आवश्यक वजेट विनियोजन सँगै स्रोत साधन परिचालनसमेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। उनका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिवद्ध छौं।
‘स्थानीय सरकार संचालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा आआफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई मिति २०८३ पुष मसान्त भित्र मर्स्याङदी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने’ उल्लेख छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया