नेकपा एकीकृत समाजवादी पार्टी (एस)की सचिव रामकुमारी झाक्रीले तत्काल एमालेसँग पार्टी एकता गर्न नहुने बताएकी छन्।
राजनीतिक वृत्तमा एमाले–एस एकताबारे चर्चा चलिरहेका बेला सचिव झाक्रीले यसबारे आफू सकारात्मक नभएकाे प्रतिक्रिया दिइन्।
‘पार्टी एकीकरणको विषयमा मेरो समर्थन छैन। तर, राजनीतिमा सबै कुरा सम्भव हुन्छन यो कुरा पनि नहोला भन्न सकिँदैन। याे विषयमा म भने सकारातमकता छैन,’ बिएल नेपाली सेवासँगकाे छाेटाे कुराकानीमा नेत्री झाक्रीले भनिन्।
उनले पार्टी एकताका विषयमा कुनै प्रसंग नै नचलेकाे बताएकी छन्। ‘अहिलेसम्म यस विषयकाे प्रसंग उठेको छैन। अहिलेसम्म पार्टीको धारणा पनि सार्वजनिक भएको छैन,’ उनले भनिन्।
पछिल्ला केही दिनयता एमालेका दाेस्राे तहका नेताहरुले भने पार्टी अध्यक्ष माधव कुमार नेपालसँग निरन्तर भेटवार्ता गरिरहेका छन्। एमालेले एससँग पार्टी एकता गरेर संसदमा पहिलाे पार्टी बन्ने दाउमा रहेकाे विषय चर्चामा छ।