काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृह मन्त्रालयको सहयोग मागेको छ।
काठमाडौं महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेर अनधिकृत रूपमा रहेका सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न माग गरेकाे हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ। यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ। जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ।’
हाल गृहमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्।
यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो।