दक्षिण एसियाली ज्योतिष महासंघले बाेलायाे बैठक

File Photo
File Photo

दक्षिण एसियाका ज्योतिषीको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासंघले केन्द्रीय समितिको बैठक बाेलाइएकाे छ।

महासंघले यही पुस २५ गते नेपालको राजधानी काठमाडौँमा केन्द्रीय समितिको बैठक बाेलाएकाे हो।

नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाएको छ। बैठकले विगतमा भए–गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासंघका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिकाबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायतका कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बएका छन्।

प्रकाशित मिति: : 2022-12-29 06:53:00

प्रतिकृया दिनुहोस्