प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी थालिएकाे प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे छ। प्रतिनिधिसभाकाे बैठक पुस २५ गते दिउँसाे १ बजेका लागि डाँकिएकाे छ।

याे बिचमा प्रधानमन्त्री प्रचण्डले पावर शेयरिङकाे विषयमा छलफल गर्ने छन्। नयाँ सरकारकाे कार्यनीति कसरी बनाउने भन्नेबारे र पावर शेयरिङकाे विषयमा छलफल गर्न भाेलि (बिहीबार) प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरुकाे पहिलाे बैठक बस्दै छ।

पहिलाे चरणमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले गरी ८ वटा मन्त्रालयकाे जिम्मेवारी सम्हालेका छन्। अब बाँकी रहेका मन्त्रालयकाे सत्ता साझेदार दलहरुकाे बैठकले बाँडफाँड गर्नेछ।

त्यस्तै प्रदेशमा मुख्यमन्त्रीकाे भागबण्डा पनि टुङ्गाे लगाउन बाँकी रहेकाे ७ प्रदेशमध्ये एमालेले ४, माकेले २ तथा जनता समाजवादी पार्टी र जनमत पार्टीले १/१ स्थानमा दाबी पेश गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जसपाले प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गरे पनि सरकारमा जाने/नजानेबारे निर्णय गरेका छैनन्।

प्रकाशित मिति: : 2022-12-28 20:06:00

प्रतिकृया दिनुहोस्