प्रचण्ड–ओली वार्ता सकियाे, भाेलि बालुवाटारमा सत्ता पक्षीय बैठक बस्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता सकिएकाे छ।

भेटवार्तामा सरकारका नीति कार्यक्रम कसरी बनाउने भन्नेबारे छलफल भएकाे प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।

उनकाअनुसार भाेलि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय बैठक बस्नेछ।

त्यस्तै बैठकमा माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएकाे मल्लले बताए। प्रधानमन्त्री प्रचण्डले यसअघि माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: : 2022-12-28 13:58:00

प्रतिकृया दिनुहोस्