नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सरकार गठनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नसाेचेकाे चलाखी गरेकाे बताएका छन्।
नेता विश्वकर्माले काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डकाे पुरानै बानी बुझ्न नसक्नु नेपाली काँग्रेसकाे गल्ती भएकाे बताए।
‘प्रचण्डजी यसरी भड्किनुहुन्छ जस्ताे लागेका थिएन्, केही घण्टामै उहाँ परिवर्तन हुनुभयाे,’ नेता विश्वकर्माले भने,‘उहाँकाे पुरानाे बानी अहिलेसम्म गएकाे रहिनछ।’
उनले नेपाली काँग्रेसले प्रचण्डलाई चिन्न आफूहरुकाे गल्ती भएकाे बताए। त्यस्तै उनले पछिल्लाे राजनीतिक परिस्थितिअनुसार चल्न नसकेकाे पनि स्वीकार गरे।
भिडियाे: