नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्।
साेमबार बिहान बसेकाे माओवादी पदाधिकारी बैठकले पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।
श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनी हाल राष्ट्रियसभाका सदस्य रहेका छन्। श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन्।
आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ कार्यक्रम राखिएको छ।