ओली भन्छन्- प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकियो

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त हुने देखिएको दाबी गरेका छन्।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रचण्डले निर्णय गर्न ढिला गरेको बताए।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ। तर उहाँले मलाई लाग्छ, ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो। उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नुभएन’, ओलीले भने।

अरु नेताहरूले पनि समयमा कदम चालेनन् भने देश मध्यावधि निर्वाचनतिर जाने उनले दाबी गरे।

ओलीले भने, ‘अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरि घुमी फिरिकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ। जाँदैन भन्न सकिँदैन। किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला? नेकपा एमाले मात्रै हो हैसियत छ। राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन।’

प्रकाशित मिति: : 2022-12-24 16:04:00

प्रतिकृया दिनुहोस्