कांग्रेस कर्णाली संसदीय दलको नेता बने शाही

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्। कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाहको प्रस्तावक र जानकी सिंहको समर्थकमा उनी सर्वसम्मत दलको नेता चयन भएका हुन्। उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन्।

शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-12-23 17:45:00

प्रतिकृया दिनुहोस्