रुपन्देही सियारीमा शैक्षिक महोत्वस

रुपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ।

सियारी गाउँपालिकाको आयोजनामा भोली शुत्रबारदेखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो।

बिद्यार्थीहरुको बौद्यिक तथा शारीरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जनाकारी दिए।  उनले पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडिले विभिन्न खेलमा भाग लिने बताए ।

सियारी भित्र २५ सामुदायिक, १२ सस्थागत र ३ धार्मिक बिद्यालयमा  १२ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

शैक्षिक महोत्सवमा वौद्यिक तथा शारीरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए। महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

कार्यक्रम पव्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन्। कार्यक्रम ८ गतेदेखि १४ गतेसम्म चल्ने छ।

महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका खेलकुद उपसमिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए। बौद्यिक कार्यक्रम पव्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुने छन्।

प्रकाशित मिति: : 2022-12-22 19:56:00

प्रतिकृया दिनुहोस्