जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसदमा भ्रष्टाचारविरुद्धका मुद्दामा चर्काे आवाज उठाउने बताएका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर शपथ ग्रहणकाे क्रममा पहिलाेपटक संसदमा पाइला टेकेका शाहीले पत्रकारसँग छाेटाे प्रतिक्रिया दिँदै अबका संसद बैठकमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताएका हुन्।
‘हामीले आज पहिलाेपटक संसदमा पाइला टेकेका छाैँ, अब यही संसदमा रहेर मैले भ्रष्टाचारविरुद्ध आवाज उठाउनेछु,’ सांसद शाहीले भने,‘देशमा धेरै भ्रष्टाचार छन्, त्यसकाे अन्त्यकाे लागि हामी लड्छाैँ।’
३० वर्षीय सांसद शाहीले सुरुवातीदेखि नै भ्रष्टाचारविरद्धको अभियान लिएर सडकमा उत्रिएका थिए।