कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

अन्तराष्ट्रिय कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिएको हो।

आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ। शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

प्रकाशित मिति: : 2022-12-21 18:17:00

प्रतिकृया दिनुहोस्