महानगरले भत्कायाे धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना

काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ।

अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर  चलाएको हो। 

सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ।

महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत महानगरले बताएको छ। 

प्रकाशित मिति: : 2022-12-21 14:43:00

प्रतिकृया दिनुहोस्