बाैद्धकाे ‘हिमालयन म्युजियम’ सञ्चालनमा 

काठमाडाैँकाे बौद्धमा हिमालयन म्युजियम (संग्रहालय) संचालनमा आएको छ। हिमालयन म्युजियम र सांग्रिला गार्डेन रेस्टुरेन्ट एण्ड बारको आज (मंगलबार) रिन्पोछे छसाङले उद्घाटन गरेका हुन्।

बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा कार्यक्रमको आयोजना गरेको बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य रग्बा शेर्पाले जानकारी दिए।

बौद्धनाथ स्तुपा पर्यटकको आकर्षणको केन्द्र रहनुका साथै बौद्ध धर्मावलम्बीहरुको आस्थाको स्थल हो। यहाँको शान्त, सफा वातारवरणले पर्यटकहरुलाई थप आनन्द मिल्ने गरेकाे छ।

संग्रहालयका अध्यक्ष तेन्जिन शिमिजुकाअनुसार हिमालयन म्युजिअम र सांग्रिला गार्डेन रेस्टुरेन्टको आज संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएकाे हाे। हिमालयन संग्रहालयमा तिब्बती संस्कृति, बुद्ध धर्म र संस्कृति झल्किने करिब ६ सय सामानहरु राखिएकाे छ।

संग्रहालयकाे यसअघि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले पनि अवलोकन गरेका थिए।

अध्यक्ष शिमिजुले हिमालय र तिब्बतको संस्कृतिको संरक्षण गर्नुपर्ने बताए। उनले बौद्ध धार्मिकस्थल भएको र यस क्षेत्रभित्र तिब्बत, नेपाल र हिमालयको संस्कृति झल्काउने गरी संग्रहालय निर्माण गरेको बताए।

कार्यक्रममा काठमाडौंको क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ का नवनिर्वाचित सदस्य तथा कांग्रेस नेता छिरिङ दोर्जे लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्य रग्बा शेर्पा, श्याम खतिवडा, अमेरिकी दूतावास प्रतिनिधित्व गर्दै जेसन वुइकी र जेम्स, जापानबाट प्रतिनिधित्व गर्दै टाकाडाको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2022-12-20 20:12:00

प्रतिकृया दिनुहोस्