सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ
कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ। सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ।
श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ। विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ।