जुम्लाको हिमा गाउँपालिकाको बड्की गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित टोलीसहित घुम्ति शिविर सञ्चालन गरिएको हो।
गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवाग्राहीको भीड बढेको छ। हिमा गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको हो।
शिविरको पहिलो दिन विभिन्न रोगका ३ सय ७६ जना बिरामीको उपचार गरिएको छ।
गाउँपालिकाका अनुसार स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार,आखाँ जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण भइरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए। उनका अुनसार ९ जना आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।
शिविरमा हिमा गाउँपालिका वडा नम्बर १ को बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडासहित आसपासका अन्य गाउँका मानिसले पनि लाभ लिएका छन्।