बिएल संवाददाता
मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन्।
बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो। पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए।
सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए। फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ। मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ। उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया