पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई निवासमै पुगेर बधाई दिने नेता,कार्यकर्ताको ओइरो लागेकाे छ।
महेश बस्नेत कतार गएर विश्वकप फुटबलतिर रमाउन थालेपछि एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका गोकुलचाहिँ काभ्रे–२ बाट फेरि निर्वाचित भएकोमा बधाई थापिरहेकै छन्।
भक्तपुरस्थित बाँस्कोटाको निवासमा पार्टीका केन्द्रीय सदस्य, व्यापारी, युवा संघ र अनेरास्ववियुका नेता,कार्यकर्ता खादा र मिठाइ बोकेर गइरहेका छन्।
एमाले केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेत्री नवीना लामादेखि नेत्री अस्मिता थापा आफू एकाबिहानै एक बक्सा मिठाइ लिएर बाँस्कोटालाई भेट्न निवासमै पुगेको बताउँछिन्। अनेरास्ववियुका सचिव गोविन्द गिरी पनि उनको दैलो पुग्नेमा पर्दछन्।
चुनाव जितेयता उनी घरबाहिर खासै निस्किन पाएका छैनन्। बेलुकी–बेलुकी बालकोट गएर केपी शर्मा ओलीलाई आफू आजभोलि निकै व्यस्त भएको रोचक कहानी सुनाउँछन्। उनी कतिपयलाई आफै फोन गरेर निवासमा भेट्न बोलाउँछन्।