दाङ हिरासतमा रहेका श्रीमानलाई लागूऔषध लिएर भेट्न पुगेकी एक महिला पक्राउ परेकी छिन्।
लागू औषध मुद्दामा केही दिनअघि पक्राउ परेर दाङ प्रहीकाे हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती २६ वर्षिया शान्ति घर्ती खड्कालाई एक सय २० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे।
जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघि मात्र लागू औषधसहित पक्राउ परेका थिए। सोमवार बिहान ७ बजेमात्र हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।
फलफूल लिएर श्रीमानलाई भेट्न गएकाे समयमा चेकजाँचका क्रममा उनको साथबाट लागूऔषध फेला परेको हो। ‘हिरासतमा श्रीमानलाई भेट्न आएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागूऔषध भेटियो।’ प्रहरी नायव उपरिक्षक गौतमले भने।
गौतमका अनुसार उनी लागूऔषध दुव्यसनी रहेका आफ्ना श्रीमानलाई हिरसातभित्र लागूऔषध दिने उदेश्यले पुगेकी थिइन्।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि लागूऔषध सम्बन्धी मुद्धा दर्ता गरी आवश्यक कारवाही अघि बढाउने तयारी भइरहेको प्रहरीले गाैतमले जानकारी दिए।