ऋषि धमलालाई बोकेर किन ‘रअ’का उच्च अधिकारी भारतीय दूतावास पुगे ?

भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागरलाई भेटेको दुईहप्ता नपुग्दै चर्चित पत्रकार ऋषि धमला लैनचौर पुगेका छन्। 

सोमबार दिउँसो उनी लैनचौरस्थित भारतीय राजदूतावासको एउटा गोप्य बैठकमा सामेल भएको दूतावासनिकट स्रोतले जनाएको छ।

‘डेपुटी चिफसापले बोलाएपछि हाम्रो अनिलसापसँगै पत्रकारजी दूतावास जानुभएको हो। उहाँ दिउँसो साढे दुई बजेतिर त्यहाँ देखिनुभएको जानकारी छ। दुईजनासँगै बसेर उहाँ फर्किनुभयो,’ ‘रअ’ कार्यालयका एक अधिकारीले भने।

स्रोतका अनुसार भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव र खुफिया एजेन्सी ‘रअ’ का उच्च अधिकारी अनिल गिरीलाई भेटेर आफ्नो कार्यालयमा फर्किएका थिए, पत्रकार धमला। उनले आगामी नयाँबारे आम सञ्चारमा देखिएका—सुनिएका विषयमा रिपोर्टिङ गरे।

दूतावास स्रोतका अनुसार यो हप्ता केही टेलिभिजनका प्रमुखले पनि भारतीय दूतावास र ‘रअ’का अधिकारीसँग भेटघाट गरेका छन्।

प्रकाशित मिति: : 2022-12-13 08:14:00

प्रतिकृया दिनुहोस्