लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी

बिएल संवाददाता

अर्घाखाँची

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ।

उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार र बन्दना चौहान चयन भएका छन्। सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र सहकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन्।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर विक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन्।
 

प्रकाशित मिति: : 2022-12-13 07:48:00

प्रतिकृया दिनुहोस्