एमालेबाट काे–काे बन्दैछन् समानुपातिक सांसद ?

नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ।

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए। 

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ। 

प्रतिनिधिसभामा ३४ सिट पाएको एमालेले एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खास आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातीतर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने उल्लेख छ।

यी हुन् एमालृबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवार–

रघुजी पन्त (खस आर्य पुरुष) एकनाथ ढकाल (खस आर्य पुरुष) कुमार दसौंदी  (खस आर्य पुरुष) दयालबहादुर शाही (खस आर्य पुरुष) खिमलाल पोखरेल (खस आर्य पुरुष) मेनका पोखरेल (खस आर्य महिला) सरिता भूसाल (खस आर्य महिला) शोभा ज्ञवाली (खस आर्य महिला) बिजुला रायमाझी (खस आर्य महिला) निर्मला कोइराला (खस आर्य महिला) सम्झना थपलिया (खस आर्य महिला)देवीप्रसाद भट्टचन (आदिवासी जनजाती पुरुष) हेमराज राई (आदिवासी जनजाती पुरुष) कालुराम राई (आदिवासी जनजाती पुरुष)भीमबहादुर खवास (आदिवासी जनजाती पुरुष) सरोज डंगोल (आदिवासी जनजाती पुरुष) नैनकला थापा (आदिवासी जनजाती महिला) सूर्यकुमारी श्रेष्ठ (आदिवासी जनजाती महिला) उर्मिला थेबे (आदिवासी जनजाती महिला) ईश्वरी घर्ती (आदिवासी जनजाती महिला) रणकुमार बलम्पाकी (आदिवासी जनजाती महिला) ईश्वरबहादुर रिजाल विश्वकर्मा (दलित पुरुष) प्रभु हजारा दुसाध (दलित पुरुष) रुक्मिणी राना बराईली (दलित महिला) हर्कमाया विश्वकर्मा (दलित महिला) ईन्दिराकुमारी पन्थी (दलित महिला) गंगाप्रसाद यादव (मधेसी पुरुष) अमृतलाल राजवंशी (मधेसी पुरुष) विनिता देवी (मधेसी महिला) अमृता अग्रहरी (मधेसी महिला) प्रतिक्षा तिवारी मुखिया (मधेसी महिला) सत्यनारायण चौधरी (थारु पुरुष/ महिला) अस्माकुमारी चौधरी (थारु पुरुष/ महिला)रुही नाज (मुस्लिम)

प्रकाशित मिति: : 2022-12-08 21:19:00

प्रतिकृया दिनुहोस्