संविधानले दिएको वाक स्वतन्त्रता सरकारले नियन्त्रण गर्न पाउँदैनः रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालसम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विपक्षमा र नियमनको पक्षमा आफू रहेको बताए।

उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन। तर  नियमनको पक्षमा चाँही म छु। संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानुहुँदैन र मलाई विश्वास छ जाँदैन पनि। यदि त्यस्तो खालको कमीकमजारी छ भने संशोधनमार्फत सच्याउँछौ।’

अध्यादेशको विषयमा छलफल भइरहेको बताउँदै परिपक्क भयो भन्ने सरकारलाई लागेपछि संसदमा पेस गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2025-02-09 18:05:00

प्रतिकृया दिनुहोस्