सुनिल कार्की
पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङ्गधारामा बिहेभोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको छ।
दूषित पानी, खाना वा सरसफाइ लगाएतका कारण हुने आउँको समस्या विरामीमा भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले बताएका छन्।
बिहेभोज खाएको दिन शनिबार राती देखिनै बिरामी भएकाहरूको बुधबार पनि घरघरमै पुगेर स्वास्थ्य परिक्षण उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ।
बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ। मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्ट अनुसार सबैकाे दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले बताएका छन्।
बगनासकाली गाउँपालिका १, चिर्तुङधाराको घोरबन्दाका विहे भोजमा सहभागी झण्डै १ सय ५० बढी बिरामी परेका हुन्। प्यूठानबाट जन्ती आएका ४५ बढी जन्ती पनि बिरामी परेका थिए।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया