भारतीय राजदूत श्रीवास्तवले भेटे एमाले अध्यक्ष ओली

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। 

नेपाली राजनीतिमा प्रत्यक्ष चासो राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहेका राजदूत श्रीवास्तव एकाबिहानै ओली भेट्न बालकोट पुगेका हुन्।

बालकाेटनिकट स्राेतका अनुसार सचिवालय बैठक रोकेर ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको थियाे।

श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन्।

प्रकाशित मिति: : 2022-12-07 17:25:00

प्रतिकृया दिनुहोस्