गाउँपालिका महासंघको केन्द्रीय अध्यक्षकाे चुनाव लड्दै हिमाका अध्यक्ष शाही

जुम्लाकाे हिमा गाउँपालिकाका अध्यक्ष  लक्ष्मण शाहीले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रीय अध्यक्षमा उम्मेदारी दिने घाेषणा गरेका छन्।

उनले आउँदाे मंसिर २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सम्मेलनमा शाहीले महासंघको केन्द्रीय अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने बताएका हुन्।

'मैले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने सम्पूर्ण तयारी गरिसकेको छु,' उनले भने, 'देशभरिका ४६० वटा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुको साथ सहयोग र समर्थन पाउने विश्वास लिएकाे छु।'

शाही हिमा गाउँपालिकाकाे अध्यक्ष निर्वाचित भएपछि जनतालाई प्रभावकारी रुपमा सेवा दिदै आएका छन् भने विकास निर्माणका गतिविधि चुस्त बनाएका छन्।

उनले स्थानीय तहलाई जनमैत्री, पारदर्शी, जिम्मेवार बनाउनका निम्ति अध्यक्ष पदमा आफ्नो उम्मेदारी रहेकाे बताए।

'हामी हिमा गाउँपालिकाकाे सन्देश देशभर बाँड्न चाहन्छौं भने सबै पालिकाकाे प्रभावकारिता र जनताकाे सेवा बारे छलफल चलाउनेछाैं,' उनले भने, 'यसका निम्ति पनि मेराे उम्मेदवारी हाे। देशभरका सबै पालिकालाई जनउत्तरदायी बनाउनु हाम्रो दायित्व हाे।'

प्रकाशित मिति: : 2022-12-07 11:37:00

प्रतिकृया दिनुहोस्