बहालवाला न्यायाधीशमाथि बलात्कारको आरोप लाग्नु सामान्य कुरा हैन : अधिवक्ता तिमिल्सिना (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

कविलवस्तुका आरती रावल र न्यायाधीश भुवन गिरी लामाे समय प्रेम सम्बन्धमा बसे। उनीहरूले त्याे सम्बन्धलाई विवाहमा पनि परिणत गरे।

तर न्यायाधीश गिरीसँग विवाह गरेपश्चात रावलले भाेग्दै नभाेगेकाे दुख पाइन्। गिरीले आफ्नो प्रयोगका लागि मात्र बिहे गरेकाे कुरा आरतीले विस्तारै थाहा पाइन्।

दिनरात श्रीमानबाट पीडित भएकी आरतीले महानगरीय वृत्त कपिलवस्तुमा गएर उजुरी दिन पनि खाेजिन् तर कसैले उनकाे कुरा पत्याएनन्। बरू उल्टै उनलाई थर्काएर पठाए।

प्रहरीले उजुरी नलिएपछि उनी महिला आयोग गइन्। उनलाई महिला आयोगले कानुनी रुपमा सहयाेग गर्ने सान्त्वना दियाे। तर पनि उनी न्याय पाउने कुरामा अझै विश्वस्त छिनन्।

न्याय गर्ने न्यायाधीशकै विरुद्धमा मैदानमा उत्रिएकी आरतीले न्याय पाउने सम्भावना कति छ त? सोही विषयमा अधिवक्ता विष्णु प्रसाद तिमिल्सिनासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानी–

न्यायाधीशमाथि यस्तो गम्भीर आरोप लागेको छ? अब के हुन्छ?

कसैलाई पनि आरोप लगाउन सजिलो छ। तर, न्यायाधीश जस्तो सम्माननीय पदमा बस्दा आफ्नो श्रीमतीले उजुरी दिने परिस्थिति सिर्जना गर्नु निकै बिडम्बनाको कुरा हो। उहाँले त्यस्तो गर्नुहुँदैन थियो। उहाँलाई आरोप लगाउनु नै ठुलो कुरा हो। न्यायमाथि नै विचलन हुन्छ। सुरुमा त उहाँ पनि यो देशको नागरिक हुन्। कानुनभन्दा माथि कोही पनि हुँदैनन्। कानुनी उपचार सबैलाई हुन्छ। उहाँलाई लागाएको आरोप सही हो कि गलत हो त्यो पुष्टि हुन बाँकी छ। समस्याको समाधान गर्नुपर्छ।

कानुनी प्रक्रिया कसरी अगाडि बढ्छ?

सुरुमा मुद्दा दर्ता गर्नुपर्छ। उहाँको हकमा श्रीमान त्यहीँको न्यायाधीश हुँदा पनि केही फरक पर्दैन। सबैलाई कानुन एकै हो। कानुनले कसैलाई ठुलाे-सानो भन्दैन। कोही पनि कानुनभन्दा माथि हुँदैनन्। सही आरोप हो कि गलत आरोप हो भनेर छानबिन गर्नुपर्छ। कानुनी प्रक्रिया सिधा छ। आरोप मात्र लगाएर केही हुँदैन। मुद्दा दर्ता गरे कानुनी प्रक्रिया अगाडि बढ्छ।

वैवाहिक बलात्कारको कानुन के छ?

वैवाहिक बलात्कार पनि बलात्कार हो। वैवाहिक बलात्कारको सजाय धेरै व्यक्तिहरुले भोगिरहनुभएको छ। उहाँको हकमा भने अहिले आरोप मात्र लगाएको हो। मुलुकी अपराध संहिता, २०७४, नेपाल संविधानको धाराअनुसार धारा २९६ को उपधारा ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जर्बजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ।

प्रकाशित मिति: : 2022-12-09 13:50:00

प्रतिकृया दिनुहोस्