हप्तादिनदेखि श्रीमती र छोरी हराउँदा, परिवारमा रुवावासी

रोल्पाको त्रिवेणी गाउँपालिका–७ का कुलप्रसाद बिककी श्रीमती र छाेरी हराएका छन्।

एक हप्ताअघि माइत हिँडेकी कुलप्रसादकी श्रीमती सीता र छोरी हराएका हुन्। आमा–छोरीलाई नै कतै नभेटेपछि परिवारमा रुवावासी चलेको स्थानीय रुपा बिकले बताइन्।

छिमेकीसँग समेत बोल्न लजाउने सीता ५ दिनदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासमा सहयोग गर्न आग्रह गरेको छ। 

कसैले फेला पारे प्रहरीलाई खबर गरिदिन पीडित परिवारको अनुरोध छ।

प्रकाशित मिति: : 2022-12-06 16:30:00

प्रतिकृया दिनुहोस्