केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ। उनकाे कीर्तिपुरस्थित बर्न सेन्टरमा साेमबार मुत्यु भएकाे हाे।
न्याैपानेकाे गत १८ भदौमा धुम्बराहीका मधु संग्रौलासँग भएकाे थियाे। तर, कार्तिक १७ मा केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरि इन्गेजमेन्ट टुटाएका थिए।
इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ।
पुष्पाकाे मुत्युपश्चात उनकाे परिवारले केटापक्षकाे इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जहेरी दिएकाे हाे।
प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन्। तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको र साथै मानसिक यातना दिएकाे परिवारको दाबी छ।