आचारसंहिताविपरीत चामलका बाेरा बाँडेका मन्त्री मेटमणि चाैधरीले २५ हजार जरिवाना तिरे

फाइल तस्विर
फाइल तस्विर

शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुर बापतकाे जरिवाना रकम बुझाएका छन्।

दाङ– १ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिताविपरीत बाढी पीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन्।

आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाएका छैनन्।

प्रकाशित मिति: : 2022-12-05 16:23:00

प्रतिकृया दिनुहोस्