प्रचण्ड र सिके राउतबीच भेटवार्ता

जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र दिएका छन्।

राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। आज नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। 

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए। सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: : 2022-12-01 21:17:00

प्रतिकृया दिनुहोस्