अमेरिका इरानलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।
समुह बी अन्तर्गत भएको अन्तिम खेलमा अमेरिकाले प्रतिस्पर्धात्मक म्याचमा इरानलाई पराजित गरेको हो । खेलको एक मात्र गोल ३८औं मिनेटमा क्रिश्चियन पुलिसिकले गरेका थिए ।
अमेरिका यो जीतसँगै ग्रुप अंकतालिका ५ अंकसहित प्रि-क्वार्टरमा प्रवेश गर्यो ।
अमेरिकाको नेदरल्याण्ड्ससँग पूर्वी समयअनुसार शनिबार विहान १० बजे नकआउट चरणमा जम्काभेट हुने छ ।
अमेरिका १-० ले विजयी । इरानसँग बदला लियो १९९८ को करारी हार । पुग्यो अन्तिम १६ मा । खेल पनि राम्रो, जीत पनि हाम्रो ! वधाइ अनि शुभकामना
आज अमेरिका र इरानबीच भएको खेल एक किसिमको प्रतिष्ठा युद्धजस्तै थियो । यसअघि १९९८ फ्रान्स विश्वकपमा इरानले अमेरिकालाई २–१ले हराएको थियो । आज त्यसको बदला लिदै अमेरिकाले इरानलाई घर फर्कायो ।
आजै भएको अर्को खेलमा इङ्ल्याण्ड वेल्सलाई ३-० ल पराजित गर्दै समुह विजेता भएर अन्तिम १६ मा पुग्यो । इङ्ल्याण्ड र सेनेगलबीच आइतबार अपरान्ह २ बजे प्रि-क्वार्टरफाइनल खेल हुने छ ।