काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन्।
मंगलबार ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु अनुचित भएको बताएका थिए। सामाजिक सञ्जालमार्फत् जवाफ फर्काउँदै मेयर बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताएका छन्।
मेयर बालेनले ओलीलाई कैयाैँ प्रश्न गरेका छन्। उनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै गम्भीर टिप्पणी गरेका छन्। '२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन। मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो। तर सुकुम्वबासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्बासीहरू तपाईका लागि भोट बैङ्क मात्रै रहे,' उनले भनेका छन्।
मेयर बालेनले सुकुम्वासीहरू ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन्। उनले सुकुम्बासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाएका छन्।
'हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो,' उनले भनेका छन्, 'यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन।'