कतार विश्वकप अन्तगर्त ग्रुप जी अन्तर्गत भएको खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीचको खेलमा ब्राजिल १-०ले विजयी भएको छ । यो विजयसँगै ६ अंकका साथ ब्राजिल अर्को चरणमा प्रवेश गरेको छ ।
खेलको एक मात्र गोलको ८३औं मिनेटमा ब्राजिलियन स्ट्राइकर कासिमिरोले गरेका थिए। कासिमिरो स्पेनिस लालिगामा रियल म्याड्रिडबाट खेल्छन् ।
फिफा वरियतामा नम्बर १ ब्राजिलले खेल त राम्रो खेल्यो तर पहिलो गोल गर्नै ८३ मिनेट पर्खनु पर्यो । ब्राजिललाई रोक्न स्विटजरल्याण्डले पनि प्रतिस्पर्धात्मक खेल खेल्यो । अन्तत: कासिमिरोको बुटलाई जुर्यो गोल ।
खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । स्विट्जरल्याण्डले फिफा बरियतामा शीर्ष बरियताको ब्राजिललाई ८३ मिनेटसम्म कुनै गोल गर्न दिएन । पराजय पनि १ गोलले मात्र भयो ।
यो पराजयपछि पनि स्विट्जरल्याण्ड ३ अंकका साथ दोस्रो स्थानमा छ भने समुहका अन्य दुई टिम क्यामरून र सर्विया एक एक अंकका साथ पुछारमा छन् ।