मेक्सिकोमाथि अर्जेन्टिना २–० ले विजयी
अर्जेन्टिनाले खेलमा रहिरहनका लागि जित्नैपर्ने जीवन मरणको म्याचमा विजयी भएको छ। मेक्सिकोलाई २–० ले जित्दै अंकतालिकामा महत्वपूर्ण दोस्रो स्थानमा उक्लेको छ।
खेलमा क्याप्टेन मेस्सीले ६४औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो गोलका लागि ८७औं मिनेटमा फर्नान्डेजलाई पास उपलव्ध गराएर क्याप्टेन खेल खेले। उनले आफ्ना शुभचिन्तकलाई निराश पारेनन्, खुशी बनाए।
यसअघिको पहिलो खेलमा साउदी अरबसँग हारेर अर्जेन्टिनाले खराब सुरूवात गरेको थियो।
समूह सी मा पोल्याण्ड ४ अंकका साथ अग्रस्थानमा छ। उसले आजै भएको अर्को एक खेलमा साउदी अरबलाई २–१ ले पराजित गरेको थियो। यही समुहमा अर्जेन्टिना र साउदी अरब समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने १ अंकका साथ मेक्सिको चौथो स्थानमा छ। अब यो समुहमा अर्जेन्टिना र पोल्याण्ड, मेक्सिको र साउदी अरबबीच खेल्न बाँकि छ।