बिएल संवाददाता
महानायक राजेश हमाल इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा शुक्रबार यूएई प्रस्थान गर्दैछन्।
उनले त्यहाँ रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा कार्यालयमा आउने सेवाग्राही र नेपाली कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
२६ नोभेम्बरमा हमालले दुबईस्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखाका कर्मचारीहरु र रेमिट्यान्सका सेवाग्राहीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने बताइएकाे छ।
हमाल युएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रवर्धन गर्ने छन र विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन्।
हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा ‘मेरो डिजिटल देश’ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।
के हो इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान ?
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो। देशबाट डिजिटल र बैधानिक माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा भित्राउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचारप्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूर्णत डिजिटाइज गर्न मद्दत पुर्याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।
कसरी सहभागी बन्ने यस अभियानमा ?
विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत् नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिने छ।
के पाइन्छ यस अभियानमा सहभागी बने बापत ?
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनैपिच्छे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउने छन् भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्नेछन्।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया