बिएल संवाददाता
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी भएका छन्।
निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उनले १२ हजार तीन सय ५९ मत ल्याइ विजयी भएकामा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत ल्याएका छन्।
नागरिक उन्मुक्ति पार्टीका पल्टु रानाले दुई हजार ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछानेले एक हजार नौ सय ३१, नेकपा (एकीकृत समाजवादी)का जगेश्वर बुढा क्षेत्रीले दुई सय ३४ मत ल्याउनुभएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले एक सय ७०, नेपाल मजदुर किसान पार्टीका भागरथीदेवी रावलले ७६, स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारीले दुई हजार चार सय ९९ मत ल्याएका छन्।
प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा ४९ हजार छ सय ५२ मतदाता रहेकामा जम्मा मत ३१ हजार आठ सय ९७ खसेको थियो भने एक हजार पाँच सय ६२ मत बदर भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया