नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।
पोखरेल करिब २ सय मतान्तरले पराजित भएको बताइएको छ । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी नै छ ।
एमालेमा पराजित हुने शंकर पोखरेल अर्को ठूला हस्ती हुन् । यसअघि काठमाडौैं ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका थिए ।