लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले विजयी भएका हुन्।
विजयी गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन्। प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे।