कतारमा जारी फिफा विश्वकप–२२ मा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराएको हो।
पहिलो हाफमा १–० ले पछि परेको नतिजालाई उल्ट्याउँदै जापानले जित निकाल्यो। जापानलाई जित दिलाउन रित्सु डोन र तउक्मा असानोले एक–एक गोल गरे।
जापानले विश्वकपको पहिलो भेटमै जर्मनीलाई हराउँदै इतिहास रच्यो। यसअघि यी दुई टिमले विश्वकपमा एकअर्काविरुद्ध खेलेका थिएनन्। साथै, अन्तर्राष्ट्रिय फुटबलमा जापानले जर्मनीलाई हराएको यो पहिलोपटक हो।