बिएल संवाददाता
गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ।
अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन्। कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले १ सीट र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन्।
कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १-१ क्षेत्रमा जित निकालेको छ। एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ। माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते।
गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन्।
मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जीत प्रकाश आलेले चुनाव जिते।
एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन्। माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जिते भने मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन्। अब गण्डकीमा २२ सीटको नतिजा आउन बाँकी छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया