बुधबार, १७ डिसेम्बर २०२५

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

फाइल तस्बिर
• • •

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्।

गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसे नेकपा एमालेका कृष्णबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन्। 

 मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याए। 

त्यस्तै तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ मत पाए। त्यसैगरी माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५१८ मत पाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!