गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ।
मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो। क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए।
विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको थियो। नेपाली सेनाको हेलिकप्टर मतपेटिका ल्याएको हो। क्षेत्र नं १ मा चुमनुब्री गाउँपालिकाका विभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना सुरु गरिएको हो।
यो क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाइँ चुनावी मैदानमा रहेका नेकपा (एमाले)बाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहेका छन्।
गोरखा क्षेत्र नं १ मा ५९ हजार ८९ मत खसेको छ। क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेका छन्।