चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।

चितवनकाे राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा माइक्रो बस दुर्घटना हुँदा उनको निधन भएको हो।

उनले लामो समयदेखि चर्चित कार्यक्रम 'बहकिने मन' चलाउँदै आएका थिए। विश्वकर्मा आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए।

प्रकाशित मिति: : 2022-11-22 08:33:00

प्रतिकृया दिनुहोस्