काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन्।
सोबिताले दुईहजार ७९७ मत ल्याएकी छन्। उनलाई पछ्याइहेकी नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीले एक हजार ९६३ मत पाएकी छन्। सोबिता र ओनसरीको मतान्तर एक हजार ३४ रहेको छ।
त्यसैगरी एमालेका मणिराम फुँयालले एकहजार १ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले एक हजार ८९ मत पाएकी छन्।