काठमाडौँ– ३ मा भोलिदेखि मात्रै मतगणना

काठमाडौँ क्षेत्र नं. ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ।

सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्।

‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ’, निर्वाचन अधिकृत शाहीले भनिन्।

अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिइन्।

काठमाडौँ क्षेत्र नं. ३ को मतगणना नारायणटारस्थित चामुण्डा मा.वि.मा हुँदैछ।

प्रकाशित मिति: : 2022-11-20 22:39:00

प्रतिकृया दिनुहोस्