निर्वाचन आयोगले १५ वटा केन्द्रमा मतदान रोकिएको जनाएको छ।
सुरक्षाका कारणले मतदान रोकिएका ४७ ठाउँमध्ये १६ वटामा मतदान सुरु हुन बाँकी रहेको बताइएकाे छ।
त्यसैगरी चुनाव बिथोल्ने गतिविधिलाई नियन्त्रणमा लिन आठ जिल्लामा ३८ राउन्ड हवाई फायर गरिएको थियाे।
त्याेसँगै चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा काठमाडाैंबाट ४ जनालाई पक्राउ गरेकाे प्रहरीले बताएकाे छ।
प्रहरीका अनुसार सुदूरपश्चिमको बाजुरा जिल्लाका कम्तीमा ६ ठाउँमा मतदान सुरु हुन अझै बाँकी नै छ।