जुम्लाकाे हिमा गाउँपालिकास्थित अन्नपूर्ण मा.वि.मा मतदानस्थल निर्माण सम्पन्न (फाेटाे/भिडियाे)

जुम्लाकाे हिमा गाउँपालिका– ७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय, मष्टमाण्डुमा मतदान केन्द्रकाे निर्माण सम्पन्न भएकाे छ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकाे लागि अन्नपूर्ण मा.वि.मा मतदान केन्द्र निर्माणकाे सम्पूर्ण काम सकिएकाे मतदान अधिकृत विष्णुप्रसाद देवकाेटाले बिएल नेपाली सेवालाई जानकारी दिए।

सुरक्षा संवेदनशीलतालाई मध्यनगर गरी विशेष तरिकाले मतदानस्थल निर्माण गरिएकाे देवकाेटाले बताए।

प्रदेश तथा प्रतिनिधि सभा सदस्यकाे लागि भाेलि (आइतबार) बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ।

भिडियाे :

प्रकाशित मिति: : 2022-11-19 13:37:00

प्रतिकृया दिनुहोस्